Kathmandu Press

पार्टीभित्र गुट हुनु स्वाभाविक होः डा.कोइराला

चितवन, चैत १० : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताए।

नेपाली क....

पार्टीभित्र गुट हुनु स्वाभाविक होः डा.कोइराला

चितवन, चैत १० : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताए।

नेपाली कांग्रेसले आईतबार चितवनमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ।’

डा.कोइरालाले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बताउँदै गुटले नेतृत्वलाई पार्टी बनाउन सघाउँने बताए। गणतन्त्र र संघीयता कांग्रेसको एजेण्डा रहेको उल्लेख गरे।

सरकारले चौतर्फी रुपमा हस्तक्षेपकारी भूमिका खेलिरहेको उनको आरोप थियो । शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा गरेको हस्तक्षेप मान्य नहुने उनको भनाइ थियो।

कांग्रेसकी नेत्रीद्वय सीता गुरुङ र डा.डिला संग्रौलाले कांग्रेस हारे पनि सिद्धान्त र आदर्शको विजय भएको बताइन् । काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेता देवराज चालिसे, जिल्ला उपसभापति कैलाश कोइराला लगायतले पार्टीको संस्थागत विकासमा जोड दिए। (रासस)

प्रकाशित मिति: १२:४३ बजे, आइतबार, चैत १०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्