Kathmandu Press

पहिरोबाट गोठको भैंसी बचाउन खोज्दा पुरिएर मृत्यु

धादिङ, साउन ९ : गोठमा रहेको भैंसी बचाउन खोज्दा पहिरोमा पुरिएर धादिङमा एक जनाको मृत्यु भएको छ।

गएराति धादिङको थाक्रे गाउँपालिका–६ रानीब....

पहिरोबाट गोठको भैंसी बचाउन खोज्दा पुरिएर मृत्यु
रासस

धादिङ, साउन ९ : गोठमा रहेको भैंसी बचाउन खोज्दा पहिरोमा पुरिएर धादिङमा एक जनाको मृत्यु भएको छ।

गएराति धादिङको थाक्रे गाउँपालिका–६ रानीबारी कार्कीगाउँमा पहिरोले पुरिँदा ५४ वर्षीय सानुबाबु पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए। उनका अनुसार गोठमा भैंसी बचाउँन जादा पहिरोमा पुरिएका हुन्।

उनले गएराति गोठमाथीबाट पहिरो झर्न लागेको थाहा पाएपछि भैंसी फुकाउन गएका थिए। भैंसी फुकाउन लाग्दा पहिरो खसेको स्थानीय वासिन्दाले बताए।

उनी पहिरोमा पुरिएको थाहा पाएपछि स्थानीय वासिन्दा उद्धारमा जुटेका थिए। तर, उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खड्काले बताए।पहिरोले पुरिएर उनको एक भैँसी र एक बाख्रा पनि परेको छ।

धादिङमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ। यस अघि पहिरोले घर पुरिँदा तीनको र बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: ११:३३ बजे, शुक्रबार, साउन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्