Kathmandu Press

पृथ्वी राजमार्ग भाँसियो, सवारी साधन सञ्चालनमा रोक

दमौली, साउन ९ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालमा सडक भाँसिएको छ। सडक भाँसिएपछि सवारी साधन सञ्चालनमा राेक लगाइएकाे छ।....

पृथ्वी राजमार्ग भाँसियो, सवारी साधन सञ्चालनमा रोक

दमौली, साउन ९ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालमा सडक भाँसिएको छ। सडक भाँसिएपछि सवारी साधन सञ्चालनमा राेक लगाइएकाे छ।
निरन्तर परेको वर्षाका कारण मङ्गलबार राजमार्ग भाँसिएपछि सवारी सञ्चालनमा कठिनाइ हुँदै आएको छ। सडक मर्मतका लागि शुक्रबार र शनिबार ठूला मालबाहक गाडी चलाउन रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए।

उनका अनुसार आँबुखैरेनीतर्फबाट आउने र दमौलीतर्फ जाने ठूला मालबाहक गाडीलाई प्रवेशमा रोक लगाइएको छ। बिहीबार साँझदेखि नै अवरुद्ध भएको डुम्रे–दमौली सडकखण्डमा आज बिहान ९ बजेदेखि १२ बजेसम्म ठूला तथा साना सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले सडक भाँसिएर वैकल्पिक मार्ग बनाइए पनि वैकल्पिक मार्गमै सवारी फस्न थालेपछि सडक अवरुद्ध हुन थालेको बताए। 'वैकल्पिक मार्गलाई बलियो नबनाएसम्म सवारी साधन सञ्चालनमा समस्या आउने भयो,' उनले भने।

 

प्रकाशित मिति: १०:४६ बजे, शुक्रबार, साउन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्