Kathmandu Press

पर्साका चिकित्सकहरुको माग : आकस्मिक बाहेकका सेवा बन्द गरेर मास टेस्टिङ गरौं

काठमाडौं, साउन ९ : पर्साका चिकित्सकहरुले समुदायस्तरमा कोरोना भाइरस देखिएपछि आकस्मिक बाहेकका अन्य सेवा बन्द गर्न अस्पतालहरुलाई आग्रह गरेका छन्।

पर्साका चिकित्सकहरुको माग : आकस्मिक बाहेकका सेवा बन्द गरेर मास टेस्टिङ गरौं

काठमाडौं, साउन ९ : पर्साका चिकित्सकहरुले समुदायस्तरमा कोरोना भाइरस देखिएपछि आकस्मिक बाहेकका अन्य सेवा बन्द गर्न अस्पतालहरुलाई आग्रह गरेका छन्।

नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगञ्जले बिहीबार विज्ञप्ति जारी गर्दै सबै अस्पताल, मेडिकल कलेज, नर्सिङ होम, निजी क्लिनिक लगायतका स्वास्थ्य संस्थाहरुलाई शुक्रबारबाट लागु हुनेगरी आकस्मिक  बाहेकका सबै सेवा बन्द गर्न आग्रह गरेको हो।

‘कोरोना महामारी समुदाय स्तरमा नै फैलिएको यसा जोखिमपूर्ण अवस्थामा साउन ९ गते देखि अर्को सूचना नभएसम्मका लागि आकास्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्न र कोरोना रोग नियन्त्रणका लागि डब्लूएचओले निर्धारण गरेको गाइडलाइनलाई पूर्णरुपमा पालना गरी मात्र आकास्मिक सेवाहरु प्रवाह गर्न नेपाल चिकित्सक संघ सम्पूर्ण अस्पताल, मेडिकल कलेज, नर्सिङ होम, निजी क्लिनक लगायत सम्पूर्ण स्वास्थ्य सेवा प्रदायक संस्थाहरु तथा स्वास्थ्यकमर्ही ज्यूहरुलार्य हार्दिक आग्रह गर्दछ,’

संघका सचिव डा. उदय नारायण सिहंले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोना महामारी नियन्त्रणका लागि परीक्षणको दायरा बढाउँदै अविलम्ब मास टेस्टिङ, अन्य आवश्यक कदम चाल्नुका साथै यस क्षेत्रका विभिन्न स्वास्थ्य सेवा प्रदायक संस्थाहरुलाई अविलम्ब पर्याप्त मात्रमा सुरक्षा सामग्रीहरु उपलब्ध गराउन सरकार लगायत सम्पूर्ण सरोकारवालाहरुसँग माग गर्दछौं।’

प्रकाशित मिति: ०७:०३ बजे, शुक्रबार, साउन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्