Kathmandu Press

भारतमा कोरोना संक्रमितको फेरी नयाँ रेकर्ड, एकैदिन ४८ हजार संक्रमित

काठमाडौं, साउन ९ : भारतमा लगातार कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा पछिल्लो....

भारतमा कोरोना संक्रमितको फेरी नयाँ रेकर्ड, एकैदिन ४८ हजार संक्रमित

काठमाडौं, साउन ९ : भारतमा लगातार कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४८ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको हो ।

दुई दिनमा मात्रै भारतमा करिव एक लाख मानिस  संक्रमित भएका छन् । यसअघि बिहीबार भारतमा ४५ हजार ५९९ जनामा संक्रमण पुष्टि भएको थियो । कुल संक्रमित संख्या १२ लाख ८८ हजार १३० पुगेको भारत विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी संक्रमितको सूचिमा रहेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८ लाख १७ हजार ५९३ संक्रमणमुक्त भएका छन् भने ४ लाख ३९ हजार ८९२ जनाको उपचार भइरहेको छ । यस्तै, कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७५५ जनाको मृत्यु भएपछि शुक्रबार बिहानसम्म ज्यान गुमाउनेको ३० हजार ६४५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति: ०६:४४ बजे, शुक्रबार, साउन ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्