पर्सामा ३२ जनामा कोरोना संक्रमण, पाँच जना थुनुवा
काठमाडौं, साउन ८ : पर्सामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी उपक्षेत्रिय अस्पतालका कोभिड संयोजक डा. उदय सिंहले पर्सामा ३२ जनामा कोरोना....

काठमाडौं, साउन ८ : पर्सामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी उपक्षेत्रिय अस्पतालका कोभिड संयोजक डा. उदय सिंहले पर्सामा ३२ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।
उनका अनुसार २६ जना विरगञ्ज महानगरपालिकाका र बाँकी चार जना पर्साका विभिन्न स्थानीय तहका हुन्। ३२ मध्ये पाँच जना प्रहरीको हिरासतमा रहेका व्यक्ति रहेको उनले बताए। संक्रमण पुष्टि भएका सबैको ट्राभल हिस्टी छैन। ट्राभल हिस्ट्री नभएकाहरुलाई धमाधम संक्रमण पुष्टि हुन थालेपछि पर्सामा समुदायस्तरमा कोरोना फैलिएको निष्कर्ष चिकित्सकहरुले निकालेका छन्।
३२ जनामा ७ जना महिला र अन्य पुरुष छन्। जसमा भवरातारका १, पकाहामैन्पुरका २, छिपहरमाइ–३ का १ जनाबाहेक अन्य सबै वीरगञ्ज महानगपालिकाका हुन्। संक्रमित ९ महिने बालकदेखि ६० वर्षीय वृद्धसम्म रहेको डा. सिंहले बताए।
‘संक्रमण पुष्टिभएका सबै पर्सा जिल्लाकै हुन्। उनीहरुमा लक्षण देखा परेको छैन,’ सिंहले भने, ‘साउन लागे यता भेटिएका कुनै संक्रमितको ट्राभल हिस्ट्री छैन।’ क्वारेन्टाइन बाहिरका र ट्राभल हिस्ट्रि समेत नभएकालाई संक्रमण देखिएकाले समुदायस्तरमा भाइरस फैलिएको पुष्टि भएको सिंहको भनाइ छ। ‘भाइरस टोलटोलमा फैलिएको छ। अहिलेका नतिजाले पनि सोही कुराको पुष्टि गर्छ।’
पर्सामा यसअघि पनि ट्राभल हिस्ट्रि नभएकाहरुमा संक्रमण देखिएको थियो।




-1792226847.jpeg)





-1792226847.jpeg)
