Kathmandu Press

उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित

काठमाडौं, साउन ८ : नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचन स्थगित भएको छ। 

कोरोना भाइरस संक्रमणको जोखिम  कायमै ....

उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित
फाइल

काठमाडौं, साउन ८ : नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचन स्थगित भएको छ। 

कोरोना भाइरस संक्रमणको जोखिम  कायमै रहेकाले साउन २६ र २७ गते काठमाडौंमा हुने भनिएको साधारणसभा तथा निर्वाचन फेरि स्थगित भएको हो। 

संघको बिहीबार बसेको बैठकले सरकारले लकडाउन हटाएपनि कोरोनाको जोखिमका कारण सभा, सम्मेलनमा लगाइएको प्रतिबन्ध नहटाएकाले साधारण सभा तथा निर्वाचन स्थगित गर्ने निर्णय गरेको महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले जानकारी दिए। 

बैठकले सरकारले पूर्णरुपमा लकडाउन खोलेको १५ दिनपछि साधारण सभा तोक्ने निर्णय पनि गरेको उनले बताए। यसअघि चैतमा हुने भनिएको साधारण सभा देशमा लकडाउन भएपछि स्थगित गरिएको थियो। 
 

प्रकाशित मिति: १८:५१ बजे, बिहीबार, साउन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्