सुदूरपश्चिम प्रदेशका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, साउन ८ : सुदूरपश्चिम प्रदेशमा बिहीबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणम....

काठमाडौं, साउन ८ : सुदूरपश्चिम प्रदेशमा बिहीबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालका अनुसार संक्रमितमध्ये २६ जना कञ्चनपुरका रहेका छन्। जसमा ५ महिला र २१ जना पुरुष रहेका छन्।
त्यस्तै डोटीका सात र डडेल्धुराका दुईजनामा संक्रमण पुष्टि भएको छ।
योसहित सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार एक सय ७७ पुगेको छ।
जसमध्ये दुई हजार दुई सउ ३३ जना कोरोनामुक्त भई डिस्चार्ज भइसकेका छन्।
प्रकाशित मिति: १८:४२ बजे, बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1792226847.jpeg)





-1792226847.jpeg)
