Kathmandu Press

प्रचण्डको सचिवालयले भन्यो- प्रभाकर पार्टी एकताकै पक्षमा हुनुहुन्छ

काठमाडौं, साउन ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पार्टी नेताहरुका विरुद्ध भइरहेको दुष्प्....

प्रचण्डको सचिवालयले भन्यो- प्रभाकर पार्टी एकताकै पक्षमा हुनुहुन्छ

काठमाडौं, साउन ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पार्टी नेताहरुका विरुद्ध भइरहेको दुष्प्रचार बन्द गर्न आग्रह गरेको छ। पछिल्ला दिनमा नेकपाको आन्तरिक वैचारिक बहसका विषयलाई लिएर भइरहेको गलत प्रचार तथ्यमा आधारित नरहेको पनि सचिवालयले स्पष्ट पारेको छ। 

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले आज ‘प्रेस नोट’ जारी गरी केही दिनयता पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माका सम्बन्धमा विभिन्न माध्यमबाट प्रकाशित/प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन्। पछिल्लो समय नेता शर्माले पार्टीलाई वैचारिक तथा सांगठानिक रुपमा थप एकताबद्ध बनाउन भूमिका निर्वाह गर्दै आएका छन्।

'आन्तरिक वैचारिक बहस एक जीवन्त पार्टीका विशेषताहरु हुन्, तिनै बहसका सम्बन्धमा मिडियामार्फत नेतामाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय छ,' सापकोटाद्वारा जारी प्रेस नोटमा भनिएको छ। पार्टी एकतादेखि आजसम्मको काममा नेता शर्माले अध्यक्ष दाहाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै अध्यक्ष दाहालको सचिवालयले अहिलेको पार्टीभित्रको आन्तरिक बहसमा पनि उनी पार्टी एकताका पक्षमा लागेको प्रष्ट पारेको छ। उनले नेता शर्मामाथि अध्यक्ष दाहालसँग जोडेर गरिएका भ्रामक प्रचारलाई खारेज गरेका छन्।

गत असारमा बसेको नेकपाको स्थायी कमिटी बैठकमा नेता शर्माले एकताका लागि सबैले आआफ्नो अहम् छाडेर  रुपान्तरित हुन जरुरी रहेको धारणा राखेका थिए। आफ्ना कमीकमजोरी स्वीकार्न, आफैँलाई सच्चाउने, छलफल र बहस गर्दै नयाँ निष्कर्षमा पुग्ने विषयमा रुचीपूर्वक लाग्नुपर्नेमा जोड दिँदै उनले रुपान्तरणका साथ एकताबद्ध हुनुमै राष्ट्रको भविष्य रहेको बताएका थिए।

प्रकाशित मिति: १८:२९ बजे, बिहीबार, साउन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्