Kathmandu Press

सशस्त्रका जवानको हत्यामा संलग्न तीन जना पक्राउ 

काठमाडौं, साउन ८ : सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत सशस्त्रका जवान मनोहरकुमार यादवको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्रा....

सशस्त्रका जवानको हत्यामा संलग्न तीन जना पक्राउ 

काठमाडौं, साउन ८ : सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत सशस्त्रका जवान मनोहरकुमार यादवको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका–३ मखनाहा का २५ वर्षीय जयकेशकुमार यादव, मंगला भन्ने २० वर्षीय दीपेशकुमार यादव र बुलना भन्ने २२ वर्षीय मुकेशकुमार यादव रहेका छन्।

प्रदेश २ प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

असार १६ गते सिरहा नगरपालिका–१७ स्थित आउट पोष्टमा कार्यरत यादव मृत फेला परेका थिए। सोही दिन दिउँसो सिरहा नगरपालिका–३ को एक विवाहमा भएको सामान्य विवादमा यादवलाई ‘चोर, चोर’ भनेर उनीहरुले करिब ३ किमिसम्म लखेटेर नहरमा डुबाइ हत्या गरेको प्रहरीले जनाएको छ। 

उनीहरूमाथि थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:४७ बजे, बिहीबार, साउन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्