Kathmandu Press

काठमाडौं उपत्यकामा बिहीबार थपिए ९ जना कोरोना संक्रमित

काठमाडौं, साउन ८ : काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्र....

काठमाडौं उपत्यकामा बिहीबार थपिए ९ जना कोरोना संक्रमित
फाइल

काठमाडौं, साउन ८ : काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र स्टार अस्पताल सानेपाको प्रयोगशालामा गरिको परीक्षणमा काठमाडौं उपत्यकाका थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार संक्रमितहरु काठमाडौंका पाँच जना, ललितपुर र भक्तपुरका दुई–दुई जना रहेका छन्।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १८ हजार २ सय ४१  पुगेको छ। संक्रमितमध्ये हालसम्म १२ हजार ८ सय ४० जना निको भएर घर फर्किएका छन्।  

प्रकाशित मिति: १६:३३ बजे, बिहीबार, साउन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्