Kathmandu Press

बजारक्षेत्र नजिक रहेको तुइन तत्कालै काटिन्छ : मुख्यमन्त्री पौडेल

हेटौंडा, साउन ८ : वागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाको बजारक्षेत्र नजिक रहेको तुइन तत्कालै काटिने भएको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौड....

बजारक्षेत्र नजिक रहेको तुइन तत्कालै काटिन्छ : मुख्यमन्त्री पौडेल

हेटौंडा, साउन ८ : वागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाको बजारक्षेत्र नजिक रहेको तुइन तत्कालै काटिने भएको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशनमा दुई दिनभित्र नै तुइन काटिने भएको हो।

झोलुङ्गे पुलबाट नजिकै रहेको उक्त तुइन हटाउने प्रयास सरकारले यसअघि पनि गरेको तर स्थानीय र जनप्रतिनिधिको अवरोधका कारण नहटाइएको मुख्यमन्त्री पौडेलले बताए।

भौतिक पूर्वाधार तथा विकास मन्त्रालयबाट यसअघि पनि उक्त तुइन काट्न कर्मचारी खटाइए पनि स्थानीयको अवरोधका कारण कर्मचारी फर्किएका थिए।

उक्त तुइनबाट खसेर मंगलबार एक वृद्धाको मृत्यु भएको थियो। 

प्रकाशित मिति: १६:२४ बजे, बिहीबार, साउन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्