कर्णालीमा थप ३० जनामा कोरोनाको संक्रमण पुष्टि
वीरेन्द्रनगर, साउन ८ : कर्णाली प्रदेशमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी ....

वीरेन्द्रनगर, साउन ८ : कर्णाली प्रदेशमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालको प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा कर्णाली प्रदेशमा थप ३० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये दैलेखका मात्रै २४ जना रहेका छन्। यस्तै, सुर्खेतका ५ र सल्यानका एक जनामा कोरोनाको संक्रमण भेटिएको छ। संक्रमितमध्ये तीन जना बालबालिका रहेका छन्।
संक्रमितमध्ये दैलेखको आठबीस नगरपालिका– १ का दुई महिलासहित ११ जना र वडा नम्बर ७ का एक जना पुरुषमा कोरोनाको संक्रमण भेटिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
उनका अनुसार दैलेखकै महाबु गाउँपालिका–१, २, ४ र ५ का ११ जना तथा डुङ्गेश्वर गाउँपालिका–१ का एक जना पुरुषमा कोरोनाको संक्रमण भेटिएको छ।
यस्तै, सुर्खेतको भेरीगंगा नगरपालिका १, ४ र ८ नम्बर वडाका तीन जना पुरुष र चौकुन गाउँपालिका वडा नम्बर ७ का दुई महिला तथा सल्यानको छत्रेश्वरी गाउँपालिका–३ का एक जना पुरुषमा पनि कोरोनाको संक्रमण पुष्टि भएको छ।
योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १८१३ पुगेको छ। तीमध्ये १ हजार ५ सय ५२ जना निको भएर घर फर्किसकेका छन्।




-1792226847.jpeg)





-1792226847.jpeg)
