Kathmandu Press

प्रधानमन्त्री ओलीलाई देउवाले भने- कोरोना नियन्त्रण गर्न नयाँ र विशेष रणनीति बनाउनुस्

काठमाडौं, साउन ८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको संक्रमण नियन्त्रण गर्न नयाँ र विशेष रणनीति बनाउन....

प्रधानमन्त्री ओलीलाई देउवाले भने- कोरोना नियन्त्रण गर्न नयाँ र विशेष रणनीति बनाउनुस्

काठमाडौं, साउन ८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको संक्रमण नियन्त्रण गर्न नयाँ र विशेष रणनीति बनाउन सरकारलाई आग्रह गरेका छन्। 

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सभापति देउवाले संक्रमितको संख्या बीस हजार पुग्न लागेको र तीन दर्जन बढीको मृत्यु भएपछि लकडाउन हटाइएकाले कोरोना नियन्त्रणका नयाँ र विशेष रणनीति बनाउन आग्रह गरेका हुन्।

कोरोना परीक्षण पीसीआर प्रविधिबाट मात्रै गर्न आग्रह गर्दै देउवाले क्वारेन्टाइनहरु मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा आपत्ति जनाएको  पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पाैडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सभापति देउवाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने काममा तीव्रता दिन पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन्। 

यस्तै, उनले बाढीपहिरोमा परेर ज्यान गुमाएका, बेपत्ता र विस्थापित भएका परिवारलाई उद्धार, राहत र पुर्नस्थापनाको काम युद्धस्तरमा गर्न पनि आग्रह गरेका थिए। 
सभापति देउवाले कोरोना सिर्जित चुनौतीका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र उनीहरुका जायज मागहरूलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्।
 

प्रकाशित मिति: १४:३३ बजे, बिहीबार, साउन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्