Kathmandu Press

चीनद्वारा महत्वाकांक्षी मंगल यान प्रक्षेपण

वेनचाङ, साउन ८ : अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेको चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मंगलग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षे....

चीनद्वारा महत्वाकांक्षी मंगल यान प्रक्षेपण

वेनचाङ, साउन ८ : अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेको चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मंगलग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ। 

संयुक्तराज्य अमेरिकाले पनि मंगलग्रहको अध्ययनका लागि आगामी जुलाई ३० मा अन्तरिक्ष यान प्रक्षेपण गर्ने योजना बनाएको छ। दुबै मुलुकबीच अथाह खगोलीय पिण्डहरुको खोजीमा अहिले प्रतिस्पर्धाकै स्थिति उत्पन्न भएको छ। 

चीनले आफ्नो मंगल अभियानलाई तियानवेन–१ (“स्वर्गको जिज्ञासा”) नाम राखेको छ। 

Hardik ivf

चीनको हेनान प्रान्तबाट प्रक्षेपण गरिएको यस यानलाई चीनको लङ मार्च ५ बाट प्रक्षेपण गरिएको थियो। प्रक्षेपण सफलतापूर्वक सम्पन्न भएको भन्दै इन्जिनियर र अरु कर्मचारीले खुशीयाली साटासाट गरेका थिए।

साइट कमान्डर झाङ झुयुले राज्य संचालित सिसिटिभी टेलिभिजनबाट प्रक्षेपण अभियान सफल भएको घोषणा गरेका थिए।

पाँच टन वजनको तियानवेन–१ करिब सात महिनापछि फेब्रुअरी २०२१ मा ५ करोड ५० लाख किलोमिटरको यात्रा गरेर पृथ्वीमा फर्कने छ। यस मिसनमा एउटा मार्स अर्बिटर, एउटा ल्यान्डर र एउटा रोभर रहेको छ। यी उपकरणको मद्दतबाट मंगल ग्रहको माटोको अध्ययन गरिने चिनियाँ वैज्ञानिकहरुले बताएका छन्। 

हार्वर्ड–स्मिथसोनियन सेन्टरका अन्तरिक्षयात्री जोनाथन म्याडावेलले चीनले पहिलो पटक गरेको यस प्रयासबाट ठूलै उपलब्धि हासिल भइहाल्नेमा अहिल्यै आशावादी हुन नसकिने बताए। उनले अमेरिकाले पनि यस्तो परीक्षण पहिल्यै गरिसकेको बताए।

मंगल खोज अभियानमा अरु पनि मुलुक सहभागी हुन थालेका छन्। संयुक्त अरब इमिरेट्स (युएई) ले पनि गत सोमबार एउटा यान जापानबाट प्रक्षेपण गरेको छ। 

अमेरिकी अन्तरिक्ष अन्वेषण केन्द्र नासाले सन् १९९० को अन्त्यदेखि मंगल ग्रहमा चारवटा रोभर यन्त्र पठाइसकेको छ। 

नासाले सन् २०३१ सम्ममा मंगल ग्रहबाट ढुंगा र बालुवाका नमुना संकलन गरेर पृथ्वीमा ल्याउने लक्ष लिएको छ। 

अन्तरिक्षयात्री म्याडावेलले चीनको तियानवेन–१ मिसन नासाले सन् १९७५–७६ मा प्रक्षेपण गरेको भाइकिङ समानको मात्र रहेको पनि बताए।  

सन् १९६० देखि शुरु भएका मंगल ग्रह अभियानमा हालसम्म अमेरिका, रसिया, युरोप, जापान र भारत सामेल भइसके पनि अधिकांश यी अभियान असफल भएका छन्।

प्रकाशित मिति: १४:२४ बजे, बिहीबार, साउन ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्