Kathmandu Press

कोइराला रिहा प्रकरण : सर्वोच्चको फैसलाविरुद्ध सरकारी वकिल पुनरावलोकनमा जाने

काठमाडौं, साउन ८  : पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला पाएका सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइरालालाई कैदमा छुट दिने सर्वोच्च ....

कोइराला रिहा प्रकरण : सर्वोच्चको फैसलाविरुद्ध सरकारी वकिल पुनरावलोकनमा जाने

काठमाडौं, साउन ८  : पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला पाएका सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइरालालाई कैदमा छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावलोकनमा जाने भएको छ।

पत्नी गीता ढकालको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका पूर्वडीआईजी कोइरालाको जेल सजायमा छुट दिने सर्वोच्चको फैसलासँगै बिहीबार साढे वर्ष कैद भुक्तान गरेर जेलमुक्त भएका छन्।

हत्या अभियोगमा सर्वस्वसहित आजीवन कारावासको फैसला गरिएको मुद्दामा कैद छुट दिने सर्वोच्चको निर्णयविरुद्ध महान्यायाधीवक्ताको कार्यालय पुनरावलोकनमा जान लागेको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलाशले कोइरालाको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याएर साढे आठ वर्ष सजाय कायम गरेको थियो।

हत्या मुद्दामा यसअघिको सर्वोच्चकै नजिरभन्दा फरक देखिएकाले पुनरावलोकनमा जाने अन्तिम तयारी भएको महान्यायाधीवक्ताको कार्यालयले जानकारी दिएको छ। महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जिव रेग्मीले शुक्रबारसम्म पुनरावलोकनका लागि सर्वोच्च जाने बताए।

उनले भने,‘यसअघि सर्वोच्चले गरेको फैसला हेरेर अध्ययन गरिरहेका छौँ। फैसला अनुसार सजाय घटाउने भरपर्दो आधार र कारण भेटेनौं त्यसैले फैसलाविरूद्ध पुनरावलोकन जान्छौँ।’ 

सर्वोच्‍चको फैसलामा चित्त नबुझेमा पुनरावलोकन जान सक्ने व्यवस्था छ। सोही व्यवस्थालाई टेकेर महान्यायाधीवक्ताको कार्यालय पुनरावलोकनमा जाने निर्णयमा पुगेको हो। ०६८ साल पुस २७ गते पूर्वडीआईजी कोइरालाले पत्नी ढकालको हत्या गरेर पेट्रोल छर्केर जलाएका थिए। 

प्रकाशित मिति: १४:०८ बजे, बिहीबार, साउन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्