Kathmandu Press

कोरोना संक्रमित बढेपछि दैलेखको ठाँटीकाँध गाउँपालिकामा निषेधाज्ञा जारी

काठमाडौं, साउन ८ : दैलेखको ठाँटीकाँध गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढेसँगै जिल्ला प्रशासन कार्यालय दैलेखले निषेधाज्ञा जारी गरेको छ।

....

बुधबार ठाँटीकाँध गाउँपालिकाका समुदायका ७३ जना मानिसको स्वाब संकलन गरी परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। समुदायमा थप संक्रमण फैलन नदिन बिहीबार मध्यनदेखि निषेधाज्ञा जारी गरिएको कोरोना रोकथाम बिपद् व्यवस्थापन समिति दैलेखले जनाएको छ। 

सरकारले लकडाउन हटाएपनि दैलेखको समुदायस्तरमा कोरोना फैलिएको शंकामा परीक्षणलाई तीव्र पारिएको छ। दैलेखको नारायण नगरपालिकाका ९६ जनाको स्वाब परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। ६ जनाको कन्ट्याक्ट ट्रेसिगङ्गका आधारमा पुनः ५० जनाको परीक्षण गरिएको छ। 

त्यस्तै, कृषि विकास कार्यालयका एक कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालयका सवै कर्मचारीको परीक्षण गरिएको छ।

जिल्ला प्रशासन कार्यालय दैलेखले नागरिकलाई सामाजिक दुरी कायम गर्ने, मास्क अनिवार्य लगाउने र आफ्नो व्यक्तिगत स्वास्थ्य सुरक्षामा सर्तकता अपनाउन आग्रह गरेको छ। 

प्रकाशित मिति: १४:०७ बजे, बिहीबार, साउन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्