Kathmandu Press

करिष्मा र शान्ता पनि एसइई दिँदै (सात तस्बिर)

काठमाडौं, चैत १०: आजदेखि यसवर्षको एसइई शुरु भएको छ । पहिलो दिनको परीक्षामा देशभर शान्तिपूर्ण रुपमा शुरु भएको छ।

यस वर्षको एसइईमा सेलिब्रेटी ....

करिष्मा र शान्ता पनि एसइई दिँदै (सात तस्बिर)
काठमाडौं प्रेस

काठमाडौं, चैत १०: आजदेखि यसवर्षको एसइई शुरु भएको छ । पहिलो दिनको परीक्षामा देशभर शान्तिपूर्ण रुपमा शुरु भएको छ।

यस वर्षको एसइईमा सेलिब्रेटी पनि सहभागी भएका छन् । चर्चित अभिनेत्री करिष्मा मानन्धर पनि एसइई दिँदै छिन् ।

४५ वर्षीया अभिनेत्री मानन्धर पछिल्लो पटक नयाँ शक्ति पार्टीमा संलग्न छिन्। उनी डिल्लीबजारस्थित स्मारक माध्यमिक विद्यालय केन्द्रबाट परीक्षा दिँदै छिन्।

परीक्षा दिन जाँदै सांसद शान्ता चौधरी ।

त्यस्तै, दाङबाट सांसद् शान्ता चौधरी पनि एसइई दिँदै छिन् । उनी छोरी बिनु चौधरीसँगै परीक्षा दिइरहेकी छन्। उनी दाङको तुलसीपुरस्थित महेन्द्र मावि केन्द्रबाट परीक्षामा सहभागी भएकी छन् ।

प्रतिनिधि सभामा नेकपाको प्रमुख सचेतक समेत रहेकी चौधरीले एसइई दिँदा खुशी रहेको बताइन् । उनले परीक्षामा सहभागि हुन अघि भनिन्, ‘एकदम उत्साहित छु । मिहिनेत गरेर पढेकी छु । राम्रै हुन्छ होला।’

आज बिहान ८ बजेदेखि परीक्षा शुरु भएको छ । पहिलो दिन अंग्रेजी विषय रहेको छ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यस वर्ष चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षा रहेका छन् । यस वर्षदेखि संघीय संरचना अनुसार, परीक्षा हुँदैछ।

महाराजञ्जस्थित शिवपुरी माविमा परीक्षा दिँदै विद्यार्थी ।  तस्बिरहरूः रिवाज राई

आजदेखि शुरु भएको परीक्षा चैत २१ गते सकिने छ।

एसइईमा सहभागी परीक्षार्थी:

प्रकाशित मिति: १०:२८ बजे, आइतबार, चैत १०, २०७५