Kathmandu Press

सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त

काठमाडौं, साउन ८ : सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त भएका छन्।

सर्वोच्चको आदेशअनुसार साढे आठ वर्षको जेल सजाय ....

सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त

काठमाडौं, साउन ८ : सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त भएका छन्।

सर्वोच्चको आदेशअनुसार साढे आठ वर्षको जेल सजाय भुक्तान गरेर उनी बिहीबार डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

श्रीमती गीता ढकालको हत्याको आरोपमा उनलाई जिल्ला अदालत र उच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो। तर सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको संयुक्त इजलासले उनको कैदमा केही मिनाहा गरेपछि रिहा भएका हुन्।

कोइरालाले आफ्नी श्रीमती गीता ढकालको २०६७ पुस २७ गते घाँटी थिचेर हत्या गरेका थिए। सोही रात मकवानपुरको टिस्टुङ पालुङमा पेट्रोल छर्केर गीताको शव जलाएका थिए।

माघ ८ गते शव जलेको छ छैन भनी हेर्न गएका कोइरालालाई स्थानीयले नियन्त्रणमा लएका थिए। डिआइजी भएको खुलेपछि तत्कालै छुटेका कोइरालाई काठमाडौं आउने क्रममा पुन प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति: १२:३३ बजे, बिहीबार, साउन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्