गण्डकी प्रदेश थप पाँच जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, साउन ८ : गण्डकी प्रदेशमा बिहीबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्वतका द....

काठमाडौं, साउन ८ : गण्डकी प्रदेशमा बिहीबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्वतका दुई, कास्कीका दुई र स्याङ्जाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये चार पुरुष र एक महिला रहेका छन्।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार तीन सय ५० पुगेको छ।
प्रकाशित मिति: १२:०५ बजे, बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











