कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न भारतका एक चिकित्सकको काेराेना संक्...." />कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न भारतका एक चिकित्सकको काेराेना संक्...." />कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न भारतका एक चिकित्सकको काेराेना संक्....">

कोरोना उपचारमा संलग्न भारतीय चिकित्सकको कोरोनाबाटै मृत्यु

काठमाडौं, साउन ८ : कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न भारतका एक चिकित्सकको काेराेना संक्....

कोरोना उपचारमा संलग्न भारतीय चिकित्सकको कोरोनाबाटै मृत्यु
एजेन्सी

काठमाडौं, साउन ८ : कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न भारतका एक चिकित्सकको काेराेना संक्रमणबाटै मृत्यु भएको छ। उपचार गर्दागर्दै कोरोना संक्रमण भएका चिकित्सकको समयमै उपचार नपाउँदा मृत्यु भएको जनाएको छ।

भारतको महाराष्ट्रस्थित कनकपुरा टलुकस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा.मन्जुनाथको समयमै उपचार नपाएपछि कोरोनाबाट मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको आज बिहान बेंगलोर मेडिकल कलेज एन्ड रिसर्च सेन्टरमा उपचार गर्दागर्दै मृत्यु भएको हो।

गाउँमा कोरोना संक्रमितको उपचारमा संलग्न डा.मन्जुनाथ २८ दिन अघि बिरामी भएका थिए। उनलाई उच्च ज्वरोसँगै श्वासप्रश्वासको समस्या देखिएको उनका नातेदार डा.नगेन्द्र कुमारले बताए।

उनका अनुसार, डा.मन्जुनाथ बिरामी भएपनि नजिकैको निजी अस्पताल लगिएको थियो। उनको कोरोनाको रिपोर्ट आएको थिएन्। कोरोनाको रिपोर्ट नआएको र बेड खाली नभएको भन्दै अस्पताल भर्ना लिन मानेन्।

एउटै अस्पतालले भर्ना नलिएछि अर्को अस्पताल लगिएको थियो। अन्य दुई अस्पतालमा पनि बेड खाली नभएको भन्दै भर्ना लिएनन्।

त्यसपछि चौथो अस्पतालमा लगिएको थियो। चौथो निजी अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य अवस्था झनझन बिग्रिदै गएको थियो। उनी सिकिस्त भएपछि बेंग्लोर मेडिकल कलेज लगिएको थियो।

दुई साता अघि मेडिकल कलेजमा भर्ना गरिएका उनलाई भेन्टिलेटरमा राखिएको थियो। चिकित्सकहरुले प्रोन पोजिसनमा राख्नुपर्ने सल्लाह दिएका थिए। तर, त्यस्तो नगर्दा उनको ज्यान गएको डा.नगेन्द्रले बताए।

डा.नगेन्द्रका अनुसार उनलाई फिजियोथ्यारोपिस्टको सहयोग आवश्यक परेको थियो। मेडिकल कलेजका फिजियोथ्यारापिस्टले पीपीई लगाएर कोभिड आईसीयूमा जान मानेन्। उनका आफन्तले निजी अस्पतालका फिजियोथ्यारोपिस्टलाई त्यसका लागि सहमत गराएका थिए। तर, मेडिकल कलेजले सहमति जनाएर प्रक्रिया अगाडि बढाउँदा उनको मृत्यु भइसकेको थियो।

उनका परिवारका ६ जनामा कोरोना देखिएको छ। उनी पत्नी दन्तरोग विशेषज्ञ र १४ वर्षीय छोरामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनका ससुराको दुई दिन अघि कोरोनाबाटै मृत्यु भएको थियो। उनका नातेदार डा.नगेन्द्र भन्छन्, 'हामी डाक्टर भएकै कारणले हाम्रो परिवार पनि कोरोनाबाट संक्रमित भएको छ। हामी लामो समयदेखि कोरोना संक्रमितकै उपचारमा संलग्न छौं।'

स्वास्थ्य विभागका निर्देशक डा.ओमप्रकाश पातलीले दुःखद घटना भएको बताए। उनले यस विषयमा थप जानकारी लिइरहेको बताए।

प्रकाशित मिति: १२:०२ बजे, बिहीबार, साउन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्