Kathmandu Press

पर्साका दुई स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ८ : पर्सामा दुई स्वास्थ्यकर्मीसहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा थप १७ जनाम....

पर्साका दुई स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ८ : पर्सामा दुई स्वास्थ्यकर्मीसहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा थप १७ जनामा संक्रमण पुष्टि भएको हो। 

संक्रमित मध्ये १३ पुरुष र चार जना महिला रहेका छन्। 

साउन ६ गते अस्पतालमा उपचाररत बिरामी र उपचारमा संलग्न चिकित्सकको स्वाब संकलन गरी परीक्षण गरिएको थियो। बुधबार राति आएको रिपोर्ट अनुसार १७ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएकाे छ।

कतिपय संक्रमितमा कोरोनाका लक्षणसमेत देखिएको छ।

प्रकाशित मिति: ११:४६ बजे, बिहीबार, साउन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्