Kathmandu Press

स्रोत नखुलेको २० लाख नगदसहित एक पक्राउ

सिरहा, साउन ८ : सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २० लाख रुपैयाँ नगदसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ।

सीमा ....

स्रोत नखुलेको २० लाख नगदसहित एक पक्राउ

सिरहा, साउन ८ : सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २० लाख रुपैयाँ नगदसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ।

सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सो रकमसहित जिल्लाको अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिए।

भारततर्फबाट आउँदै गरेका ठाकुरमाथि शंका लागेर चेकजाँच गर्दा सो रकम भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कँडेलले बताए। पक्राउ परेका ठाकुरलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ।

प्रकाशित मिति: ११:३२ बजे, बिहीबार, साउन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्