Kathmandu Press

कोरोना भाइरसबाट पर्सामा एक बृद्धको मृत्यु

वीरगञ्ज, साउन ८ : कोरोना भाइरसको संक्रमणबाट पर्साको वीरगञ्जमा एक जना वृद्धको मृत्यु भएको छ।

मंगलबार मृत्यु भएका वीरगञ्ज–६ माईस्थानका ७....

कोरोना भाइरसबाट पर्सामा एक बृद्धको मृत्यु

वीरगञ्ज, साउन ८ : कोरोना भाइरसको संक्रमणबाट पर्साको वीरगञ्जमा एक जना वृद्धको मृत्यु भएको छ।

मंगलबार मृत्यु भएका वीरगञ्ज–६ माईस्थानका ७० वर्षीय बृद्धको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको हो। श्वासप्रश्वासमा समस्या भएपछि उनलाई सोमबार वीरगञ्जकै एडभान्स अस्पतालमा भर्ना गरिएको थियो।

कोरोना संक्रमणको आशंकामा सोमबार नै उनलाई गण्डक अस्थायी कोभिड असपताल भर्ना गरिएको थियो। उपचारका क्रममा उनको मंगलबार मृत्यु भएको हो।

उनको मृत्यु भएपछि स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएको थियो। कोरोना रिपोर्ट पोजिटिभ आएको अस्पालतका संयोजक डा.उदयनारायण सिंहले बताए।

उनलाई श्वासप्रश्वासमा समस्या भएपछि अक्सिजन दिइएको थियो। अक्सिजन दिएर उपचार गर्दागर्दै ज्यान गएको डा.सिंहले बताए।

स्थानीय वासिन्दाका अनुसार धेरै टाढा हिडडुल पनि नगरेका उनी वस्ती वरिपर नै रहेका थिए। विदेशबाट आएका मान्छेसँग पनि उनको सम्पर्क थिएन्। उनको मृत्युले कोरोना समुदायमा संक्रमण भएको पुष्टि हुने डा.सिंहको भनाइ छ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ। अहिलेसम्म १८ हजार ९४ जनामा कोरोना देखिएको छ। त्यसमध्ये १२ हजार ६ सय ८४ जना निको भएका छन्।

 

प्रकाशित मिति: ०९:४९ बजे, बिहीबार, साउन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्