Kathmandu Press

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ५० लाख वढी 

काठमाडौं, साउन ७ : विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ५० लाख नाघेको छ । हालसम्म विश्वमा १ करोड ५३ लाख ६४ हजार ९ सय ३४ संक्रमित भेटिएको वल्डोमिर्....

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ५० लाख वढी 

काठमाडौं, साउन ७ : विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ५० लाख नाघेको छ । हालसम्म विश्वमा १ करोड ५३ लाख ६४ हजार ९ सय ३४ संक्रमित भेटिएको वल्डोमिर्टसले जनाएको छ ।

यस्तै हालसम्म कोरोनाका कारण ६ लाख ३० हजार १ सय भन्दा बढीको ज्यान गएको छ। हालसम्म विश्वभरबाट ९३ लाख ५३ हजार भन्दा धेरै निको भइसकेका छन्। पछिल्लो २४ घण्टामा भारतमा ११ सय २० जनाको मृत्यु भएको छ।

अमेरिकामा १२ सय ७ तथा ब्रजिलमा १२ सय ९३ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ९ सय १५ जनाको मृत्यु हुँदा दक्षिण अफ्रिकामा ५७२ जनाको मृत्यु भएको छ।  विभिन्न देशमा पछिल्लो २४ घण्टामा मात्रै ७ हजार १०७ जनाको मृत्यु भएको छ।

यस्तै, एकै दिन विश्वभर २ लाख ७८ हजार संक्रमित थप भएका छन्। अमेरिकामा सबैभन्दा धेरै ७१ हजार, ब्रजिलमा ६५ हजार तथा भारतमा ४५ हजार ५९९ जना संक्रमित थप भएका छन्। 

प्रकाशित मिति: ०७:२५ बजे, बिहीबार, साउन ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्