Kathmandu Press

भदौ ७ गतेबाट ईञ्जिनियरिङ अध्ययन संस्थानको परीक्षा सञ्चालन हुने

काठमाडौं, साउन ७ : त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्यन संस्थान डीनको कार्यालयले लकडाउनमा रोकिएको स्नातकोत्तर तहको परीक्षा भदौ ७ गतेबाट सञ्चालन हु....

भदौ ७ गतेबाट ईञ्जिनियरिङ अध्ययन संस्थानको परीक्षा सञ्चालन हुने

काठमाडौं, साउन ७ : त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्यन संस्थान डीनको कार्यालयले लकडाउनमा रोकिएको स्नातकोत्तर तहको परीक्षा भदौ ७ गतेबाट सञ्चालन हुने भएको छ ।

डीनको कार्यालयले बुधबार एक सूचना जारी गर्दे भदौ ७ गतेबाट स्नातकोत्तर र भदौ १५ गतेदेखि स्नातक तहको परीक्षा सञ्चालन गर्ने जानकारी दिएको हो। डीनको कार्यालयका प्रा.डा सुशील बहादुर बज्राचार्यको हस्ताक्षरमा जारी गरिएको सूचनामा भनिएको छ, ‘कोरोना भाइरसका कारण इन्जिनियरिङ अध्यन संस्थान अन्तर्गत सञ्चालन हुने पठनपाठन साथै स्नातक तथा स्नातकोत्तर तहको परीक्षा स्थगित गरिएको व्यहोरा विदितै छ।

सरकारले ६ गते मध्यरातदेखि लकडाउन अन्त्य गरेकोले स्थगित गरिएको स्नातकोत्तर तहको परीक्षा भदौ ७ गतेदेखि र स्नातक तहको परीक्षा भदौ १५ गतेदेखि सञ्चालन गरिने व्यहोरा सबैलाई सूचित गरिएको छ।’

सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अबलम्बन गर्दै परिक्षा सञ्चालन गरिने र परीक्षा सम्बन्धी विस्तृत विवरण श्रावण १५  गते प्रकाशित गरिने सूचनामा उल्लेख छ।
 

प्रकाशित मिति: ०७:०५ बजे, बिहीबार, साउन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्