अमूर्त समृद्धि र औषत सुखमा विश्वास गर्दैनौंः प्रधानमन्त्री ओली
काठमाडौं, फागुन ९: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तीव्र परिवर्तनको क्रममा रहेको बताएका छन्।
गीतकार एवं पूर्व प्रधानमन्त्री झलना....

काठमाडौं, फागुन ९: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तीव्र परिवर्तनको क्रममा रहेको बताएका छन्।
गीतकार एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको गीति एल्बम ‘परिवर्तनका स्वरहरु भाग–२’ को शनिबार विमोचन गर्दै प्रधानमन्त्री ओलीले देशमा संघीय गणतन्त्र आउनु, संविधानसभाबाट संविधान जारी हुनु जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तीव्रताले देशमा परिवर्तनको क्रम बढेको बताएका हुन्।
‘हाम्रो देशमा सकारात्मक परिवर्तनको क्रम बढेको छ,’प्रधानमन्त्री ओलीले भने,‘विकास र समृद्धिको अभियान सञ्चालन भएसँगै यो परिवर्तनले नेपालीको मुहारमा पनि उज्यालो ल्याउनेछ।’ प्रधानमन्त्री ओलीले सरकारले अमूर्त समृद्धि र औषत सुखमा विश्वास नगर्ने बताए।
‘हामी औषतमा प्रतिव्यक्ति आय बढ्यो, औषतमा साक्षरता बढ्यो भन्ने कुरामा विश्वास गर्दैनौं,’प्रधानमन्त्री ओलीले भने,‘हरेक व्यक्तिले महसुस गर्ने खालको समृद्धि र सुख जनतालाई दिलाउन चाहन्छौं। सरकार सामाजिक न्यायसहितको समानताको पक्षमा छ।’











