Kathmandu Press

भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकैदिन ४५ हजार वढीमा संक्रमण 

काठमाडौं, साउन ८ : भारतमा लगातार कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४५ हजार ५९९ जनाम....

भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकैदिन ४५ हजार वढीमा संक्रमण 

काठमाडौं, साउन ८ : भारतमा लगातार कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४५ हजार ५९९ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै पछिल्ला पाँच दिनमा मात्रै १ लाख ९९ हजार १२७ जना संक्रमित भएका छन् । लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा यसअघि सोमबार एकै दिन अहिलेसम्मकै सर्वाधिक ४० हजार २४३ जनामा संक्रमण देखिएको थियो ।

कुल संक्रमित संख्या १२ लाख ३९ हजार पुगेको भारत विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी संक्रमितको सूचिमा छ । संक्रमितमध्ये अहिलेसम्म ७ लाख ८४ हजार २६६ संक्रमणमुक्त भएका छन् भने ४ लाख ‍२५ हजार ५२८ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा १ हजार १२० जनाको मृत्यु भएपछि बिहीबार बिहानसम्म ज्यान गुमाउनेको २९ हजार ८९० पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति: ०६:३६ बजे, बिहीबार, साउन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्