Kathmandu Press

ऋण तिर्न नपरोस् भनेर अपहरणको नाटक गर्ने पक्राउ

काठमाडौं, साउन ७ : काठमाडौं महानगरपालिका–४ चुनदेवीका शक्तिराज रेग्मीले विभिन्न मानिसबाट लिएको रकम तिर्न नपरोस् भनेर अपहरणमा परेको नाटक गरेको खुल....

ऋण तिर्न नपरोस् भनेर अपहरणको नाटक गर्ने पक्राउ

काठमाडौं, साउन ७ : काठमाडौं महानगरपालिका–४ चुनदेवीका शक्तिराज रेग्मीले विभिन्न मानिसबाट लिएको रकम तिर्न नपरोस् भनेर अपहरणमा परेको नाटक गरेको खुल्न आएको छ।

रेग्मी असार २४ गतेदेखि हराएका थिए। परिवारले अपहरण परेको हुनसक्ने भन्ने व्यहोराको निवेदन साउन ४ गते महानगरीय अपराध महाशाखामा बुझाएका थिए। 

यस विषयमा अनुसन्धानका लागि महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई गएराति होटलबाट पक्राउ गरेपछि अपहरणको नाटक गरेको रहस्य खुलेको हो। रेग्मी असार २४ गते घरबाट निस्की सम्पर्कविहीन भई अपहरणको नाटक गरी नयाँ बसपार्कस्थित सुगन्ध होटलमा युवतीसँग बसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

पक्राउपछि अनुसन्धान गर्दा रेग्मीले विभिन्न व्यक्तिसँग जग्गा व्यवसाय गर्छु भनी करोडौं रुपैयाँ लिएको र पैसा तिर्नु नपरोस् भनी अपहरणको नाटक गरेको खुलेको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए। अपहरणमा नपरेको तथा प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोतसाधनको दुरूपयोग भएकाले सोहीअनुसारको मुद्दामा उनीमाथि थप अनुसन्धानका लागि आज प्रहरीमा बुझाइएको महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: १९:०८ बजे, बुधबार, साउन ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्