Kathmandu Press

स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न राष्ट्रपतिद्वारा आग्रह

काठमाडौं, साउन ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी सरल बनाए पनि स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गरेकी छन्। 

स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न राष्ट्रपतिद्वारा आग्रह

काठमाडौं, साउन ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी सरल बनाए पनि स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गरेकी छन्। 

आज ट्वीट गर्दै उनले कोभिड–१९ बाट बच्न सबैलाई स्वास्थ्यसम्बन्धी नियम पालना गर्न आग्रह गरेकी हुन्। 'जनजीवनलाई सहज पार्न सरकारले बन्दाबन्दी केही सरल गरेको छ। तथापि, कोरोना महामारीको जोखिम टरिसकेको छैन,' उनले ट्वीटमार्फत भनेकी छन्।

कोभिड–१९ को सरकारले गत चैत ११ गतेदेखि जारी राखेको बन्दाबन्दी गएराति १२ बजेदेखि हटाएको छ। अहिलेसम्म नेपालमा कोभिड–१९ को संक्रमण १८ हजार ९४ जनामा देखिएको छ भने ४२ जनाको यसबाट मृत्यु भएको छ। 

प्रकाशित मिति: १८:५३ बजे, बुधबार, साउन ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्