Kathmandu Press

समुदायमा कोरोना फैलिएपछि राजविराजमा निषेधाज्ञा

काठमाडौं,साउन ७ : सप्तरीको सदरमुकाम राजविराजमा समुदायमा कोरोना फैलिएको देखिएपछि बिहीबारदेखि बिहान ५ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी भएको छ।

....
समुदायमा कोरोना फैलिएपछि राजविराजमा निषेधाज्ञा

काठमाडौं,साउन ७ : सप्तरीको सदरमुकाम राजविराजमा समुदायमा कोरोना फैलिएको देखिएपछि बिहीबारदेखि बिहान ५ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी भएको छ।

बैंकका स्टाफ, पसल संचालकलगायत ट्राभल हिष्ट्रि नभएका २२ जनामा कोरोना पोजेटिभ देखिएपछि स्थिति नियन्त्रणमा राख्न निषेधाज्ञा जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक सबै सेवा अर्को आदेश नआइन्जेलको लागि रोक लगाइएको जनाएको छ।

सप्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद प्रसाईंले समुदायमा कोरोना भाइरस फैलिएको हुनसक्ने सम्भावनालाई दृष्टिगत गर्दै निषेधाज्ञा जारी भएको बताए।

कोरोनाबाट भएका संक्रमितको मृत्युपछि उनका परिवारका पाँच जना सदस्यको कोरोना परीक्षण गर्दा संक्रमण देखिएको थियो।परिवारसँग सम्पर्कमा आएकाहरूको परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

१३ जना संक्रमित नै राजविराजका हुन्।

प्रकाशित मिति: १८:३७ बजे, बुधबार, साउन ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्