Kathmandu Press

स्वास्थ्यमन्त्री ढकालसहित मन्त्रालयका अधिकारीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं, साउन ७ : स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायतका स्वास्थ्य मन्त्रालयका अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

इनफ इज इनफका अभियन्ताहरूले बुधबार मन्त्री ढकालसहित मन्त्रालयका अन्य अधिकारीमाथि स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै छानबिन गर्न आयोगमा उजुरी दिएका हुन्।

साथै उनीहरुले कोभिड १९ व्यवस्थापनको लागि मन्त्रालयले गरेको खर्च विवरण सार्वजनिक गर्न माग गरेका छन्। 

अभियन्ताहरुले स्वास्थ्य मन्त्री ढकाल, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्र रमण सिंह लगायत ओम्नीका सञ्चालक दुर्गा प्रसाद बेलबासे, भानुभक्त भट्टराई र प्रमुख कार्यकारी अधिकृत तुल हरि सिंह भुसालविरुद्ध उजुरी दिएका हुन्।

प्रकाशित मिति: १८:१८ बजे, बुधबार, साउन ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्