Kathmandu Press

साउदीका राजाद्वारा अस्पतालबाटै मन्त्रिपरिषदको अध्यक्षता

रियाद, साउन ७ : बिरामी भएर अस्पतालमा उपचाररत साउदी अरेबियाका राजा सल्मानले मंगलबार साँझ अस्पतालबाटै भर्चुअल माध्यमबाट मन्त्रिपरिषदको अध्यक्षता गरेका छ....

साउदीका राजाद्वारा अस्पतालबाटै मन्त्रिपरिषदको अध्यक्षता

रियाद, साउन ७ : बिरामी भएर अस्पतालमा उपचाररत साउदी अरेबियाका राजा सल्मानले मंगलबार साँझ अस्पतालबाटै भर्चुअल माध्यमबाट मन्त्रिपरिषदको अध्यक्षता गरेका छन्।

साउदी प्रेस एजेन्सी (एसपिए) का अनुसार साउदी राजा पित्तथैली सुन्निएपछि गत सोमबार किङ फैजल विशिष्टीकृत अस्पतालमा भर्ना भएका थिए। 

राजा सल्मानका लागि अस्पतालमा विशेष कक्षको व्यवस्था पनि गरिएको छ जहाँ भर्चुअल बैठकका लागि आवश्यक विद्युतीय सामग्रीहरुको प्रबन्ध गरिएको छ। 

राजा सल्मानले आफ्नो स्वास्थ्यप्रति सदभाव दर्शाउने सबैप्रति आभार प्रकट गरेका छन्।

मन्त्रिपरिषद बैठकमा मक्कामा हुने आगामी हज तिर्थयात्राको व्यवस्थापनका बारेमा छलफल भएको थियो। कोरोनाभाइरस महामारीका कारण यस वर्ष हज तिर्थयात्रामा सहभागी हुनेहरुको संख्यामा व्यापक कटौती गरिएको छ। 

साउदी अधिकारीहरुले साउदी अरेबिया निवासी करिब एक हजार व्यक्तिलाई मात्र मक्का प्रवेशको अनुमति दिइने यसअघि प्रस्ताव गरेका थिए। तर हाल यसमा संशोधन गरी करिब १० हजारलाई हजको अनुमति दिइन लागेको साउदी सञ्चार माध्यमहरुले जनाएका छन्।

विगतमा विश्वभरबाट हरेक वर्ष करिब २५ लाख व्यक्तिले मक्कामा हज गर्ने गरेका थिए। 

प्रकाशित मिति: १७:३२ बजे, बुधबार, साउन ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्