कांग्रेसको प्रश्न- लकडाउन र खुला हिजो गल्ती कि आज ?
काठमाडौं, साउन ७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले लकडाउन खोल्ने सरकारको निर्णयप्रति प्रतिक्रिया जनाएको छ।
प्रवक्ता विश्वप्रक....

काठमाडौं, साउन ७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले लकडाउन खोल्ने सरकारको निर्णयप्रति प्रतिक्रिया जनाएको छ।
प्रवक्ता विश्वप्रकाश शर्माले लकडाउनको निर्णय गर्दा हिजो गल्ती भयो कि आज ? भनेर प्रश्न गरेका छन्। बुधबार ट्वीट गर्दै शर्माले लकडाउन गर्दा सबैले सघाएको र फरक मत नराखेको बताउँदै २० हजार संक्रमित पुग्न लाग्दा खुला गर्न सकिन्छ भने दुई जना संक्रमित हुँदा लकडाउन गरेर सही गरेको कि गल्ती भन्दै प्रश्न गरेका हुन्।
लक डाउन र खुला l हिजो गल्ती कि आज ?
— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 22, 2020
लक डाउन गर्दा सबैले सरकारलाई सघायौं,फरक मत राखेनौं l @Pm_Nepal अब समिक्षा गरौं , संक्रमित बीस हजार पुग्न लाग्दा खुला गर्न सकिन्छ भने संक्रमित केवल दुई हुंदा लक डाउन गरेर हामीले सहि गरेका रहेछौं कि गल्ति ?
‘लकडाउन र खुला, हिजो गल्ती कि आज? लकडाउन गर्दा सबैले सरकारलाई सघायौं, फरक मत राखेनौं। पिएम नेपाल अब समीक्षा गरौं, संक्रमित बीस हजार पुग्न लाग्दा खुला गर्न सकिन्छ भने संक्रमित केवल दुई जना हुँदा लकडाउन गरेर हामीले सही गरेका रहेछौं कि गल्ती?’ शर्माले भनेका छन्।
सरकारले मंगलबार रातिबाट लागु हुने गरी चार महिना लामो लकडाउन खोल्ने निर्णय गरेको थियो।




-1792226847.jpeg)





-1792226847.jpeg)
