Kathmandu Press

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडौं, साउन ७ : नेपालमा पछिल्लो २४ घण्टामा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमध्ये एक जना विदेशी नागरिक रहेका छन्।

....
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडौं, साउन ७ : नेपालमा पछिल्लो २४ घण्टामा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमध्ये एक जना विदेशी नागरिक रहेका छन्।

कोरोना भाइरसको संक्रमणबाट जनकपुर उपमहानगरपालिकाका ६० वर्षीय वृद्धको मृत्यु भएको हो। उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मंगलबार बेलुका मृत्यु भएको हो। 

त्यस्तै, बुधबार बिहान काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ। 

मंगलबार साँझ शिक्षण अस्पतालमा भर्ना भएकी ५८ वर्षीया चिनियाँ महिलाको मृत्यु भएको हो। 

योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ।

प्रकाशित मिति: १६:३४ बजे, बुधबार, साउन ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्