Kathmandu Press

थप १०० जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ हजार नाघ्यो

काठमाडौं, साउन ७ :  नेपालमा थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०....

थप १०० जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ हजार नाघ्यो

काठमाडौं, साउन ७ :  नेपालमा थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १८ हजार ९४ पुगेको छ।  संक्रमितमध्ये हालसम्म  १२ हजार ६ सय ८४  निको भएर घर फर्किएका छन्। 

प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर २०७ जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:२४ बजे, बुधबार, साउन ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्