राजविराज नगरपालिकामा थप १३ जनामा काेराेना संक्रमण पुष्टि
काठमाडाैं, साउन ७ : सप्तरीको सदरमुकाम राजविराजमा बुधबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल सप्तरीमा गरिएक....

काठमाडाैं, साउन ७ : सप्तरीको सदरमुकाम राजविराजमा बुधबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल सप्तरीमा गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितहुनेहरुमा राजविराज नगरपालिकाका ६ महिला र ७ पुरुष रहेका छन्।
संक्रमितमध्ये एक जना असपतालकै आकस्मिक कक्षमा कार्यरत नर्स र अर्काे सफाई गर्ने व्यक्ति रहेका छन्।
अघिल्लो हप्ता उक्त अस्पतालमा कोरोना संक्रमणबाट एक व्यापारीको मृत्यु भएको थियो। उनको मृत्युपछि गरिएको परीक्षणमा मृतकका परिवार पाँच सदस्य र पसलमा कार्यरत दुई कर्मचारीमा समेत संक्रमण पुष्टि भएको थियो।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि राजविराजमा बुधबारदेखि लकडाउन थप कडाई गरिएको छ।




-1792226847.jpeg)





-1792226847.jpeg)
