Kathmandu Press

कर्णाली प्रदेशका थप २२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ७ : कर्णाली प्रदेशमा गत २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र दैलेख अस्पतालको प्र....

कर्णाली प्रदेशका थप २२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ७ : कर्णाली प्रदेशमा गत २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा तीन बालबालिकासहित २२ जनामा संक्रमण पुष्टि भएको हो। 

संक्रमितहुनेहरुमा दैलेखका १६ र कालिकोटमा ६ जना रहेका छन्। 

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १७ सय ८३ पुगेको छ।

यस्तै, कर्णालीमा गत २४ घण्टामा १३ जना डिस्चार्ज भएका छन्। योसहित प्रदेशमा डिस्चार्ज हुनेको संख्या १५ सय ४६ पुगेको छ।

प्रकाशित मिति: १५:०४ बजे, बुधबार, साउन ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्