Kathmandu Press

खाना अभावको कारण पहिरो पीडितको मृत्यु

जाजरकोट, साउन ७ : असार २५ गते बारेकोट गाउँपालिका–४ मा गएको भीषण पहिरोबाट विस्थापित बनेका दलवीर सार्कीको मृत्यु भएको छ। पहिरोले विस्थापित भएपछि त....

खाना अभावको कारण पहिरो पीडितको मृत्यु

जाजरकोट, साउन ७ : असार २५ गते बारेकोट गाउँपालिका–४ मा गएको भीषण पहिरोबाट विस्थापित बनेका दलवीर सार्कीको मृत्यु भएको छ। पहिरोले विस्थापित भएपछि त्रिपालमा बस्दै आएका सार्कीको खानाको अभावमा मृत्यु भएको हो।

त्रिपालमा खानबस्न अभाव हुँदा स्वास्थ्यावस्था कमजोर भई उनको मृत्यु भएको वडा सचिव डम्बर पुनले जानकारी दिए।

आज बिहान मृत्यु भएका सार्की जस्तै त्रिपालमा बसेकालाई सबैलाई खानेकुराको निकै समस्या भएको सचिव पुनले बताए। 

बारेकोट गाउँपालिका–४ मा पहिरो जाँदा ११ जनाको मृतयु भएको थियो।

प्रकाशित मिति: १४:५६ बजे, बुधबार, साउन ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्