Kathmandu Press

कोरोनाबाट मृत्यु भएका पुरुषको शव सेनाको सलामीसहित अन्त्येष्टि

काठमाडौं, साउन ७ : कोरोना संक्रमणबाट मृत्यु भएका महोत्तरीका ६० वर्षीय पुरुषलाई नेपाली सेनाले अन्त्येष्टि गरेको छ। कोरोनासँग लड्दा लड्दै मृत्यु भएका पु....

कोरोनाबाट मृत्यु भएका पुरुषको शव सेनाको सलामीसहित अन्त्येष्टि

काठमाडौं, साउन ७ : कोरोना संक्रमणबाट मृत्यु भएका महोत्तरीका ६० वर्षीय पुरुषलाई नेपाली सेनाले अन्त्येष्टि गरेको छ। कोरोनासँग लड्दा लड्दै मृत्यु भएका पुरुषलाई सेनाको रणभिम गणले सलामी दिएर अन्त्येष्टि गरेको हो।

कोरोना पोजिटिभ देखिएको तीन दिनपछि महोत्तरी गाउँपालिका–३ मोरइका पुरुषको मंगलबार राति धरानस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो। 

उनको शव बुधबार बिहान जलेश्वर ल्याइएको थियो। नगरपालिकाले शव व्यवस्थापनको लागि छुट्याइएको जग्गामा बाढी पसेपछि उनको शव अन्तै व्यवस्थापन गरिएको छ। 

प्रकाशित मिति: १४:३६ बजे, बुधबार, साउन ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्