Kathmandu Press

पहिरोले लमजुङका १८ घर पुरिए, ७४ घरमा क्षति

लमजुङ, साउन ७ : लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, तरापु पल्लोटारी गाउँमा बुधबार बिहान पहिरो गएको छ। पहिराले १८ घर पुरिएका छन्।

जिल्ला ....

पहिरोले लमजुङका १८ घर पुरिए, ७४ घरमा क्षति
रासस

लमजुङ, साउन ७ : लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, तरापु पल्लोटारी गाउँमा बुधबार बिहान पहिरो गएको छ। पहिराले १८ घर पुरिएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार तरापु पल्लोटारी गाउँमा ७४ घर रहेका छन्। त्यसमध्ये १८ घर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए।

मंगलबार पनि पहिरो आएको थियो। पहिरोको जोखिम बढेपछि स्थनीय वासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो। जसले गर्दा मानवीय क्षति हुनबाट जोगिएको डीएसपी थापाले बताए।

पहिरोले अधिकांश घरमा क्षति पुगेको छ। तत्काल कुनै पनि घरमा बस्न सक्ने अवस्था नरहेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए।

उनका अनुसार पहिरो खस्दै गर्दा केही स्थानीय वासिन्दा भागेका थिए। भाग्दै गर्दा चार जनालाई चोट लागेको छ। उनीहरुको अवस्था पनि सामान्य रहेको अध्यक्ष गुरुङले बताए।

अहिले स्थानीय वासिन्दा र प्रहरीको टोली खटिएको छ। पुरिएका घरबाट सरसामान निकाल्ने काम भइरहेको अध्यक्ष गुरुङले बताए।

प्रकाशित मिति: १३:४४ बजे, बुधबार, साउन ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्