Kathmandu Press

भारतको आसाम राज्यमा बाढीबाट एक सय ११ जनाको मृत्यु, लाखौं प्रभावित

नयाँ दिल्ली, साउन ६ : भारतीय उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षापछि आएको बाढीले एक सय ११ जनाको मृत्यु भएको छ। 

राज्यका अधिकारीहरु....

भारतको आसाम राज्यमा बाढीबाट एक सय ११ जनाको मृत्यु, लाखौं प्रभावित

नयाँ दिल्ली, साउन ६ : भारतीय उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षापछि आएको बाढीले एक सय ११ जनाको मृत्यु भएको छ। 

राज्यका अधिकारीहरुले यहाँ जनधनको ठूलो क्षति भएको बताएका छन्। आसाममा गएका केही दिनयता देखि अविरल वर्षा जारी छ। त्यसैले यहाँ अझै ठूलो क्षति हुन सक्ने त्रास रहेको पनि बताइएको छ।

मंगलबार बिहानसम्म मृत्यु हुनेको संख्या एक सय ११ पुगेको आसाम राज्यको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आसाम राज्यको विपद् व्यवस्थापन विभागको अनुसार यहाँका कम्तीमा पनि २५ लाख मानिस नराम्ररी प्रभावित भएका छन्। उनीहरु घरबास छोडेर सुरक्षित स्थलतर्फ जानुपर्ने अवस्था आएको बताइएको छ।

विभागका अनुसार यहाँका ८५ जना मानिसको बाढीमा परेर ज्यान गएको छ भने अन्य २६ जना पहिरोमा परी मृत्यु भएको छ। 

आसामका कम्तीमा पनि ३० जिल्लाका ४५ लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका बताइएको छ। ती मध्ये लाखौँ व्यक्ति घरबारबिहीन पनि भएका छन्। तर बाढी निरन्तर बढीरहेकोले रहेकोले यस विषयमा विस्तृत रुपमा विवरण भने आइसकेको छैन।

ब्रह्मपुत्र र यसका सहायक नदीमा पानीको बहाब अझैपनि खतराको संकेत माथि रहेको बताइएको छ। ब्रह्मपुत्र नदीले गुहावाटीसमेत राज्यका धेरै जिल्लामा ठूलो क्षति निम्ताएको छ। राज्य सरकारले सचेत रहेर बस्न सूचना जारी गरेको छ।

राज्यमा सयौंको संख्यामा शिविरहरु स्थापना गरेर उद्धारको काम जारी राखेको छ। ती क्षेत्रमा भएको क्षतिको विवरण पूर्ण रुपमा अझै आएको छैन। उद्धारको काम जारी रहेको आसामका उद्धारकर्मीहरुले जनाएका छन्।

यहाँका सबैभन्दा बढी प्रभावित जिल्लाहरुमा धेमाजी, लखिमपुर, विश्वनाथ, दराङ, बाक्सा, नालबारी, बारपेटा, चिराङ, बोन्गाइगाउँ, कोक्राझार, ढुब्री, गोलपारा, कामरुप, मोरीगाउँ लगायतका रहेका छन्।

प्रकाशित मिति: १७:५२ बजे, मंगलबार, साउन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्