Kathmandu Press

संसारभर एकै दिन दुई लाख संक्रमित थपिए

काठमाडौं, साउन ६ : संसारभर संक्रमितको संख्या तिव्र रुपमा बढिरहेको छ। गत २४ घन्टामा दुई लाखभन्दा बढी संक्रमित थपिएका छन्।

विश्व स्वास्थ्य संग....

संसारभर एकै दिन दुई लाख संक्रमित थपिए

काठमाडौं, साउन ६ : संसारभर संक्रमितको संख्या तिव्र रुपमा बढिरहेको छ। गत २४ घन्टामा दुई लाखभन्दा बढी संक्रमित थपिएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार दुई लाख पाँच हजार चार सय ४३ जना संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या एक करोड ४८ लाख ६७ हजार पाँच सय तीन पुगेको छ।

मंगलबारसम्म कोरोनाबाट ६ लाख १३ हजार पाँच सय ५० जनाको मृत्यु भएको छ। अझै संसारभर ६३ हजार ६ सय ९५ जना गम्भीर रहेका छन्। कोरोनाबाट ८९ लाख २४ हजार एक सय १४ जना निको भएका छन्।

सबैभन्दा बढी अमेरिकामा ३९ लाख ६१ हजार पाँच सय ५६ जनामा कोरोना देखिएको छ भने एक लाख ४३ हजार आठ सय ३५ जनाको मृत्यु भएको छ। अमेरिकामा १८ लाख ५० हजार दुई सय २४ जना निको भएका छन्।

दोस्रो नम्बरमा रहेको ब्राजिलमा २१ लाख २१ हजार ६ सय ४५ जनामा कोरोना देखिएको छ। कोरोनाबाट ८० हजार दुई सय ५१ जनाको मृत्यु भएको छ भने १४ लाख नौ हजार दुई सय दुई जना निको भएका छन्।

छिमेकी देश भारत तेस्रो नम्बरमा रहेको छ। भारतमा आज बिहान मात्रै एक हजार दुई सय ७२ जना संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या ११ लाख ५६ हजार एक सय ८९ पुगेको छ भने २८ हजार ९९ जनाको मृत्यु भएको छ।

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार आठ सय ४४ पुगेको छ। कोरोनाबाट ४० जनाको मृत्यु भएको छ भने ११ हजार ६ सय ६८ जना निको भएका छन्।

 

प्रकाशित मिति: १४:१६ बजे, मंगलबार, साउन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्