Kathmandu Press

जनमत संग्रह आवश्यक छैन: पौडेल 

सिन्धुली, चैत ९: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विद्यमान समयमा कांग्रेसले जनमत संग्रहको माग गर्न नहुने बताए....

जनमत संग्रह आवश्यक छैन: पौडेल 

सिन्धुली, चैत ९: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विद्यमान समयमा कांग्रेसले जनमत संग्रहको माग गर्न नहुने बताएका छन्।

नेपाल प्रेस युनियन सिन्धुली शाखाले शनिबार गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले जनमत संग्रहको बहानामा लोकतन्त्रलाई कमजोर पार्न नहुने बताएका हुन्। पत्रकारहरूले गरेको प्रश्नको जवाफ दिँदै वरिष्ठ नेता पौडेलले नेत्रविक्रम चन्द विप्लवको गतिविधि ठीक नभएको बताए। उनले सरकारले समस्या समाधानका लागि वार्तालाई प्राथमिकता दिनुपर्ने बताए।

प्रधानमन्त्रीले आफ्नो अधिकार बढाउनु ठीक नभएको बताउँदै पौडेलले लोकतन्त्रका लागि त्यो काम घातक हुने बताए। उनले विद्यमान समयमा प्रमुख प्रतिपक्षी दलको भूमिका पर्याप्त हुन नसकेको बताए। उनले पद र प्रतिष्ठाभन्दा पार्टी जोगाउने र बनाउने कार्यमा कांग्रेस लाग्नुपर्ने बताए। 

प्रकाशित मिति: १६:३६ बजे, शनिबार, चैत ९, २०७५