भारतमा कोरोना संक्रमितको संख्या साढे ११ लाख नाघ्यो
काठमाडौं, साउन ६ : भारतमा कोरोना संक्रमितको संख्यामा लगातार बढ्दै गएको छ । पछिल्ला तीनमा मात्रै भारतमा १ लाख १४ हजार ४६० जना संक्रमित थपिएका छन् ।
....
काठमाडौं, साउन ६ : भारतमा कोरोना संक्रमितको संख्यामा लगातार बढ्दै गएको छ । पछिल्ला तीनमा मात्रै भारतमा १ लाख १४ हजार ४६० जना संक्रमित थपिएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ३६ हजार ८१० जना संक्रमित थपिए । भारतमा यसअघि सोमबार एकै दिन अहिलेसम्मकै सर्वाधिक ४० हजार २४३ जनामा संक्रमण देखिएको थियो ।
यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ११ लाख ५४ हजार ९१७ जना पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म ७ लाख २४ हजार ७०२ जना संक्रमणमुक्त भएका छन् भने ४ लाख २ हजार ११६ जनाको उपचार भइरहेको छ ।
कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ५९६ जनाको मृत्यु भएपछि मंगलबार बिहानसम्म ज्यान गुमाउनेको २८ हजार ९९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।