Kathmandu Press

कांग्रेस बलियो नभए संघीयता खतरामा पर्छ: कोइराला

चितवन, ९ चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेस बलियो नभए संघीयता खतरामा पर्ने बताएका छन्।

कांग्....

कांग्रेस बलियो नभए संघीयता खतरामा पर्छ: कोइराला

चितवन, ९ चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेस बलियो नभए संघीयता खतरामा पर्ने बताएका छन्।

कांग्रेस रत्ननगर नगर समितिले शनिबार रत्ननगरमा आयोजना गरेको अगुवा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले लामो संघर्षपछि प्राप्त संघीयतालाई सफल बनाउन आफ्नो पार्टी सजग हुनुपर्ने बेला आएको बताएका हुन्। 

उनले भने,'गणतन्त्र र संघीयता धरापमा परेको छ, त्यसको संरक्षणका लागि कांग्रेस लड्नुपर्छ।' मुलुकमा दण्डहिनता बढ्दै गएको बताउँदै कोइरालाले अहिलेको समयमा लगानीको वातावरण बन्न नसकेको आरोप लगाए। राजनीतिक स्थिरता भए पनि वित्तीय संस्था धराशाही बन्दै र व्यापार घाटा बढ्दै जानु दुःखद् रहेको उनको भनाइ छ। 

फरक प्रसंगमा नेता कोइरालाले पार्टीलाई गिरोहले सञ्चालन गरेको बताए। उनले राजनीतिक संस्कार र नैतिकता सिकाउँदै पार्टीलाई बलियो बनाउन आवश्यक रहेको बताए। कांग्रेसलाई बलियो बनाउन महासमिति बैठकको निर्णय कार्यान्वयन गर्दै समयमा महाधिवेशन गर्नु आवश्यक रहेको कोइरालाको भनाइ थियो।

प्रकाशित मिति: १५:३५ बजे, शनिबार, चैत ९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्