Kathmandu Press

डच हेलिकोप्टर दुर्घटना, दुई व्यक्तिको मृत्यु

दी हेग, साउन ५ : नेदरल्याण्ड्सको रक्षा मन्त्रालयले क्यारेबियनको आरुबाबाट उडेको एउटा सैनिक हेलिकोप्टर समुद्रमा खसेको जनाएको छ। उड्नासाथ भएको उक्त दुर्घ....

डच हेलिकोप्टर दुर्घटना, दुई व्यक्तिको मृत्यु

दी हेग, साउन ५ : नेदरल्याण्ड्सको रक्षा मन्त्रालयले क्यारेबियनको आरुबाबाट उडेको एउटा सैनिक हेलिकोप्टर समुद्रमा खसेको जनाएको छ। उड्नासाथ भएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

मन्त्रालयले उक्त हेलिकोप्टर आरुबाबाट आइतबार अपराह्न छिमेकी द्वीप कुराकाओका लागि उडेको जनाएको छ। आरुबा नेदरल्याण्ड्सको स्वामित्वमा रहेको क्यारेबियन द्वीप हो। डच सेनाका प्रमुख रब बाउरले हेलिकोप्टरमा सवार चार जनामध्ये दुई जनाको मृत्यु भएको र दुई जना सकुशल रहेको जानकारी दिए। 

हेलिकोप्टर दुर्घटनाको कारण भने अझै खुलेको छैन। डच सैनिकहरुले हेलिकोप्टरको ब्लाक बक्स खोजी कार्य शुरु गरेका छन्। सेना प्रमुख बाउरले दुर्घटनाका सम्बन्धमा छानबिन शुरु भइसकेको जानकारी दिएका छन्।

प्रकाशित मिति: १४:३४ बजे, सोमबार, साउन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्