Kathmandu Press

विश्वभर एकैदिन २ लाख २० हजार वढी कोरोना संक्रमित थपिए 

काठमाडौं, साउन ५ : विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४६ लाख नाघेको छ । वल्डोमिर्टसको अपडेट अनुसार विश्वभर पछिल्लो २४ घण्टामा २ लाख २० हजार भन्दा....

विश्वभर एकैदिन २ लाख २० हजार वढी कोरोना संक्रमित थपिए 

काठमाडौं, साउन ५ : विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४६ लाख नाघेको छ । वल्डोमिर्टसको अपडेट अनुसार विश्वभर पछिल्लो २४ घण्टामा २ लाख २० हजार भन्दा वढी संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १ करोड ४६ लाख नाघेको हो । 

यसैगरी पछिल्लो २४ घण्टामा विश्वभरमा ४ हजार ३ सय संक्रमितले ज्यान गुमाउँदा मृत्यु हुनेको कुल संख्या ६ लाख ८ हजार २ पुगेको छ । विश्वका विभिन्न मुलुकमा ५२ लाख वढी संक्रमित उपचाररत रहेका छन्, जसमा झण्डै ६० हजार संक्रमितको अवस्था गम्भीर अवस्थामा रहेका छन् भने हालसम्म विश्वभर ८७ लाख ३५ हजार निको भएको वल्डोमिर्टसले जनाएको छ । 

पछिल्लो २४ घण्टामा सवैभन्दा धेरै संक्रमित अमेरिकामा ६५ हजार २ सय ७९ जना थपिएका छन्। अमेरिकामा ३८ लाख ९८ हजार वढी संक्रमित मध्ये १ लाख ४३ हजारले ज्यान गुमाउँदा १८ लाख वढी निको भएका छन् । ब्राजिलमा २४ हजार ६ सय जना थपिदाँ संक्रमितको संख्या २१ लाख पुगेको छ । 

जसमध्ये ७९ हजारले ज्यान गुमाएका छन् भने १३ लाख ७१ हजार निको भएका छन् । भारतमा ४० हजार नयाँ संक्रमित थपिदा संक्रमितको संख्या ११ लाख नाघेको छ जसमध्ये साढे २७ हजारले ज्यान गुमाए भने ७ लाख  निको भएका छन् । 

प्रकाशित मिति: ०८:२२ बजे, सोमबार, साउन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्