भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकैदिन ३७ हजार संक्रमित
काठमाडौं, साउन ५ : भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । सोमबार एकै दिन अहिलेसम्मकै सर्वाधिक ४० हजार २४३ जना संक्रमित भएका ....

काठमाडौं, साउन ५ : भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । सोमबार एकै दिन अहिलेसम्मकै सर्वाधिक ४० हजार २४३ जना संक्रमित भएका छन् ।
यसअघि आइतबार त्यहाँ ३७ हजार ४०७ जना संक्रमित भएका थिए । यो सँगै भारतमा संक्रमितको संख्या ११ लाख १८ हजार १०७ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो ।
अहिलेसम्म संक्रमितमध्ये ७ लाख ३९९ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ९० हजार २०५ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६७५ जनाको मृत्यु भएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको २६ हजार ८२८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
प्रकाशित मिति: ०६:४९ बजे, सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












