विप्लव माओवादीका मध्यकमाण्ड इन्चार्ज ओली सहित ८ पक्राउ
काठमाडौं, चैत ९ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश ओलीसहित ८ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरे....

काठमाडौं, चैत ९ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश ओलीसहित ८ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
केही दिनदेखि सर्च अपरेशनमा रहेको नेपाल प्रहरीको विशेष व्युरोले ओलीसहित ८ जनालाई शुक्रबार राति काभ्रेबाट पक्राउ गरेको हो ।
नेपाल प्रहरीको उच्चस्रोतले विप्लव माओवादीका मध्यकमाण्ड इन्चार्ज सहित ८ जनालाई पक्राउ गरेको बतायो ।
पक्राउ पर्नेममा रामकृष्ण खतिवडा, धर्मराज राजबाहक, विजय श्रेष्ठ, शंकर अधिकारी, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का छन् ।
सरकारले विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाएपछि पक्राउ पर्ने ओली सबैभन्दा उच्च तहका नेता हुन् ।











